
काठमाडौं – रेशम चौधरीको ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ता भएको छ ।
यसअघि पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् ।
रेशम चौधरी संरक्षक रहने नयाँ पार्टीको अध्यक्ष कबीर सोप छन् । चौधरी, कबीर सोप लगायत प्रमाण पत्र बुझ्न आयोग पुगेका थिए ।



















