डोटी– डोटीस्थित सेती नदीमा एक वृद्धाको शव फेला परेको छ । बैतडीको सिगास गाउँपालिका– ५ खैरकोट घर भई हाल कैलालीको गौरीगंगा नगरपालिका– १० उदासीपुर बस्दै आएकी ६४ वर्षीया धनमती धामी सेती नदीमा मृत फेला परेकी हुन् ।

डोटीको आदर्श गाउँपालिका बबिनास्थित सेती नदी किनारमा धामीको शव बग्दै गरेको अवस्थामा मंगलबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

सिगासको भूमिराज मन्दिरमा लागेको जात्राबाट फर्कदै गर्दा उनी लडेको अनुमान गरिएको छ । घटनाका बिषयमा डोटी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















