खाेज्नुहाेस

गेटा अस्पतालका लागि अधिकृतस्तरको अस्थायी दरबन्दी स्वीकृत

Image

अत्तरिया – सरकारले कैलालीको गेटा अस्पतालका लागि अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८२/८३ मा आवश्यक अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा (बाँके), डडेल्धुरा अस्पताल (डडेल्धुरा) र कान्ति बाल अस्पताल (काठमाडौं) का लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताए ।

attariya hospital

सरकारले उक्त निर्णय स्वास्थ्य सेवाको गुणस्तर सुधार र जनस्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले गरेको बताइएको छ ।