पुरन सिंह दयाल – नेपाल अहिले पुनः सङ्कटको घडीबाट गुज्रिरहेको छ । विभिन्न किसिमको नेतृत्व पङ्क्ति कि कर्तव्य विमूढको अवस्थामा छन् । नेपाली जनता कुहिरोको काम भएको छन् । मित्र राष्ट्रहरू नेपाली बारे जोखना हेरी रहेका छन् ।
वि.सं. २००७ साल पूर्वको कुराबाट जानकार हुनुहुन्छ गनथन नगरौँ । सात साल देखि आजको २०८२ साल सम्मको नेपाली राजनीतिज्ञ र जनताको विभिन्न काल खण्डमा गरेका राष्ट्र हित राष्ट्र अहितका क्रियाकलापहरू सबै बेस्सरी वाकिफ भई सकेका छौ । कसैले कुनै दर्शन र कुनैले कुनै दर्शनको अपयोग गर्नमा बेस्सरी ताल्लिन भयौ । याँ सम्म व्यस्त रहिऊँ कि कसै कसैले जिवज्यान फाल्यो, जेलनेल सह्यो । परिवार जनको बिचल्ली भयो । शान्ति, सुव्यवस्था समृद्धि, न्याय, मानवीयता र स्वाभिमान पूर्ण नेपाली भई बाच्न पाउन हजारौँ हजार नेपालीहरूले बलिदान दियो । भाद्र २३/२४ को घटनाले सचेत हुन नसकी अझै पनि एक अर्कालाई जरैबाट पतन गरी आ–आफ्नो वर्चस्व कायम गर्न दाउपेचमा विशिष्टहरु लागेको देखिन्छ । अब रोकौँ अति भयो । संयमित होऔँ, देश बनाऔँ । आत्म मूल्याकंन गरौँ । अहिले सम्मको राजनीतिक पार्टीको निर्मम किसिमले विश्लेषण गरौँ ।

सामाजिक सञ्जालमा गाली गलौजलका आश्लिल शब्द मात्र होइनन् जीउ ज्यान सम्मका धम्की र एक अर्कालाई श्रापित गरी रहेको अवस्थामा दिन प्रति दिन अराजकता सिमा नाघी रहेको छ ।
संविधान संशोधन – संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बडेबडे नेताहरू पनि संविधान संशोधन गर्नु पर्ने कुरा पटक पटक उठाई रहनु भएको छ । गर्ने नै हो भने अबको पार्टी पद्धति मात्र दुई लाइनको बनाऔँ ।
एक वामपन्थी र दोस्रो दक्षिण पन्थी पार्टी मात्र कायम गरौँ ।
एउटै नीति सिद्धान्तका सैकडौं, पसल न खोलौँ ।
नेताहरूले रहर मेट्ने काम न गरौँ । अहिले सम्म इच्छ्या पूर्ति गरी सकिऊँ । पौठेजारी नगरौँ ।
विभिन्न क्षेत्रीय र जातीय पार्टीका अभ्यास गरी सकिऊँ । मात्र नेता उत्पादन भए । जनताका मर्म सम्म पुग्न सकेनौँ । डेढ सयको हाराहारीमा पार्टी पुग्दैछन – रोकौँ । जनताको भाग अंश लगाउनु भन्दा विशेष उपलब्धी केही देखिन थालेको छैन् ।
एउटै हँसिया हथौडाका दर्जनौँ दर्जन पार्टी जोड़ने र तोडने अभ्यास स्थापना काल देखि पटक पटक भएका छन र बर्तमान मा चली पनि रहेका छन । अब एक मात्र बनाऔँ ।
आफू कान्तिकारी भनी स्वघोषित गरी विपक्षीलाई दक्षिण पन्थी भनी गाली गर्दै स्थापनाकाल देखि आजको मिति सम्म कायम रही आयको छ । सर्वहारा श्रमिक वर्गको विश्वास गुम्दै गइरहेको अवस्था छ । नेतृत्वको होडबाजी बन्द गरौँ । विकासको होडबाजी अघि बढाउ । उद्योगको क्रान्ति गरौँ । संसारका सर्वहारा एक हौ भन्नेहरूले अब नेपालका सर्वहारा एक हौ को नीति अवलंबन गरौं ।
नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी र नेपालको सबैभन्दा ठुलो पार्टी बन्दै आएको पार्टीमा सम्पूर्ण दक्षिणपन्थी वा भनौ । लोकतांत्रिक विचार बोकेका पार्टीहरू त्यसैमा एकीकृत हौँ वा सर्वमान्य समसामयिक नाम राखौँ । हिमाल देखि मधेस सम्मका एकै विचारधारा भएकाहरु संकीर्ण विचारका अधारमा कित्ता कित्तामा जनतालाई विभाजित न गरौं, एक होऔँ ।
हामी नेपाली एकतन्त्री राणा शाही बाट मुक्त भएको अवधि संगै स्वतंत्र भएका राष्ट्रहरु विकास र समृद्धिको मामिलामा हामी भन्दा निकै अगाडि पुगी सकेका छन् भनेहामी अझै छुद्र प्रतिस्पर्धामा अल्झिएका छौं । हाम्रो राष्ट्र बनाउने युवा जनशक्तिलाई ती राष्ट्रहरूका मजदूर बनाई रहेका छौं । एक अर्कोलाई दोषारोपित गरी रहेका छौं । धेरै भयो ।
अबका यी दुई लाईन पार्टीहरूले साढेचार वर्ष आफ्नो पार्टीका असल जनहित र राष्ट्र हितका सिद्धान्त प्रयोगमा ल्याउने प्रतिस्पर्धा गरौंन । पार्टी भित्र पनि वडा तह देखि केन्द्र सम्म हरेक क्षेत्रमा सुशासन र समृद्धि कायम गर्न दुवै पार्टी सहकार्य गरून । पार्टीगत प्रतिस्पर्धाका लागि चुनाव भन्दा ६ महिना अधि मात्रै पहल कदमी लिउँ । कसले कति राम्रा जनहितकारी न्यायपूर्ण विकासवादी र अनुकरणीय कार्य गरेको र भविष्यका असल कार्यका योजनाको फेहरिस्त जन समक्ष प्रस्तुत गरेर समर्थनको आग्रह गरुन् ।
दुईलाईन पार्टीको कारण

स्थिर सरकारको अपरिहार्यता अनिवार्य देखिन गएको छ । किन पनि भने २००७ साल यता पन्द्रह सालको पूर्ण बहुमतको नेपाली कांग्रेसको सरकार कांग्रेसकै नेताहरूको स्वार्थ लिप्सा र राजा महेन्द्रको अति महत्वकांक्षाले पतन हुन पुग्यो । पञ्चायत कालमा २०२१ देखि २०२५ र २०३६ देखि २०४० दरमियान लगभग ५ वर्षका दुई कार्यकाल तत्कालीन प्रधानमंत्री सूर्यबहादुर थापाले पुरा गरेको देखिन्छ ।
त्यसपछि अर्थात् २०४७ साल देखि २०६५ को प्रजातान्त्रिक कालमा पनि सबभन्दा बढी २०४८ जेठ देखि २०५१ मंसिर सम्म का प्रधानमंत्री गिरिजा प्रसाद कोइरालाको कार्यकाल देखिन्छ । पूर्ण बहुमत कसैले प्राप्त गर्न सकेनन् । नेकपा एमालेका प्रथम कम्युनिस्ट पार्टी का प्रधानमंत्री मनमोहन अधिकारीले केही जनपक्षीय कार्य गर्न थाल्दा नेकाको समर्थनमा बनेको अल्पमतको सरकार काँग्रेसकै असहयोगमा अस्पतालको बेडबाट राजिनामा दिन परेको थियो ।
पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६१ माघ देखि २०६३ वैशाख सम्म ४४८ दिन मात्र रहेको थियो । त्यसलाई पनि नेपाली जनताले आत्मसात गर्न सकेन । माओवादी लगायतका सम्पूर्ण दलहरुले एकीकृत जनआन्दोलन गरेर त्यस प्रत्येक्ष शासन लाई पनि फाले ।
प्रथम संविधान निर्माणको समय पनि ५ वर्ष भित्र ४ प्रधानमन्त्री फेरिए । संविधान अपूर्ण रह्यो । प्रधानमन्त्रीको जिम्मेवारी न्यायधिसको हात दिएर २०७० को निर्वाचन सम्पन्न गरियो ।
दोस्रो संविधान सभाले २०७२ मा संविधान निर्माण गरेपछि वि.सं. २०८२ सम्मका सरकार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रहरूका बिच फूट र जूट हँुदै अन्तमा पालो गरेर सरकारको नेतृत्व नेपाली कांग्रेस र एमालेको बिचमा अभ्यास पनि गरियो । यस क्रममा मधेशसवादी दलहरु मिलाउँदा पनि २ वर्ष भन्दा माथि सरकार जानसकेन ।
कसैबाट केही असल कार्यहरू भए पनि निरन्तरको अस्थिरताले नेपाली जनतामा ठुलो निराशा उत्पन्न हुँदै गयो । प्रतिपक्षमा जाने बित्तिकै महिनौँ सम्म सदन अवरुद्ध हुने र अति आवश्यक प्रस्ताव पास हुन नसक्ने अवस्था कायम रहे । दुइ ठुला दल मध्ये एकले प्रतिपक्षी हुनुपर्ने अवस्थामा पनि एक अर्का सँगको गठबन्धनको सरकारको दरम्यान प्रतिपक्षी बन्न गएका दलहरूमा अति निराशा र अधैर्यता जेनजी आन्दोलनमा प्रस्ट देखियो । जसले जति ठुलो पार्टी भने पनि पूर्ण बहुमत ल्याएर ५ वर्ष सम्म चलाउने अवस्था न भए पछि अब दुई दलीय व्यवस्थाको अनिवार्यता देखा परेको छ ।
संसद भित्रको एउटा फरक धार भनेको राजाको नामले आफ्नो राजनीतिक ध्येय पूर्ति गर्ने राप्रपा पनि देखिन्छ । राज परिवारलाई महत्वाकाङ्क्षी बनाउँदा साँच्चिकै यो पनि यस राजनीतिक अस्थिरताका बिच सम्भव हुन सक्छ कि भनेर पूर्व राजा ज्ञानेन्द्र शाह पनि आसा गर्न थालेका छन् । तर, राप्रपा भन्ने राजावादी पार्टी र व्यक्तिहरू बिचका विभिन्न खाले स्वार्थले घटित चैत १५ को विद्रोह पछि झन् छिन्न भिन्नता देखायो ।
नेपाललाई अस्थिरता कायम गर्ने केही देशी विदेशी शक्ति पूर्व राज परिवारलाई विभिन्न कोणबाट प्रयोग गर्न खोजी रहेको स्पष्ट छ । नेपालमा गणतन्त्र ल्याउनमा पूर्व राजाको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिएको हुँदा बाम र दक्षिण पन्थी दुई धार मध्ये को एक धार बोकेर नाति बुहारीलाई अगाडि बढाउँदा नै परिवारको हित र राष्ट्रको हितमा सहयोग हुने देखिन्छ ।
भाद्र २३ र २४ का घटनाहरूबाट विकसित अवस्थाको जुन परिदृश्य जनता सामु आएको छ यो पनि संवेदनशील हुन पुगेको छ । जेनजीका नेता हौ भन्ने आशा लाग्दा केही युवाहरूका विकृत रूप साम्मुने आउँदै छन् । साथै २४ गतेको विध्वंसकारी घटनाले नेपालको राष्ट्रियता प्रति नै गंभीर हुनुपर्ने स्थितिको सृजना गरेको छ । राष्ट्र प्रति माया गर्ने सबैले संवेदनशील हुनु आवश्यक भैसकेको छ । जसरी राजनीतिक दलहरू र नेताहरूका आ–आफ्ना स्वार्थ देखिन्छ त्यसरी नै यी जेनजीहरुका पनि देखिन्छन् । तसर्थ जेनजीका पवित्र उद्देश्य आफ्ना दुइ लाईन पार्टी भित्र प्रयोग गरेर नेपालको अस्तित्व र भविष्यका कर्णधारहरूको स्वाभिमान कायम गर्न आजको अपरिहार्यता देखिन्छ ।
राष्ट्र र नेपाली जनताको हितका लागि अब सबै राजनीतिक दलका नेताहरूले सम्मान पूर्वक धैर्यताका साथ युवाहरूलाई र दोस्रो तेस्रो पुस्ताका नेताहरूलाई सकारात्मक र एकीकृत सल्लाह दिँदै विश्रान्ति लिनु आफ्नो हित र राष्ट्रका हितमा उचित देखिन्छ । धेरै महत्वाकाङ्क्षी कसैले न बनौँ ।
न्यूनतम दुई दलिय राजनीतिका लागि ५० वर्षको ठेक्का गरौँ । सरकार बनाउन स्पष्ट बहुमत कुनै पार्टी ले नपाउँदा झनै राम्रो संयुक्त सरकार बन्छ । देश बनाउने उद्देश्य मात्र लिएका छौं भने सहमतिमूलक ढंगबाट सरकार चलाउँदा विकास र समृद्धिका लागि झन विश्वास को वातवरण सृजना हुन्छ । जन निर्वाचित प्रधान मन्त्री का कुरा उठेकै छन । विशुद्ध भावनाले सेवा जहाँ गरे पनि सम्मान प्राप्त हुन्छ नै । भारतका अहिंसाका पुजारी महात्मा गाँधी कुनै किसिमका मन्त्री पद स्वीकार नगरेर पनि राष्ट्रपिता भै विश्वभरी मानव मुटु मस्तिष्कमा अझै पनि विद्यमान हुनुहुन्छ ।
खेलकुदको विश्वरंगमञ्य मा अहिले हाम्रा खेलाडी नामरोशन गर्दै गएको अवस्थामा हामी राष्ट्रका खेवनहारा हौं भन्ने हरु लाजका पात्र भै रहेका छौं ।
अन्तर्राष्ट्रिय स्वतंत्रताको अनुभव हाँसिल गरिरहेको वर्तमानको नेपाली जनता एकतन्त्री शासन त्यो चाँही राजतंत्रात्मक होस अथवा कम्युनिष्टको होस् स्वीकारने पक्षमा कोही छैनन् । तर न्यायपूर्ण विकास र समृद्धि को चाहना सम्पूर्ण नेपाली जनताको हुँदा यसलाई विद्वानवर्गको आवश्यक सल्लाह सुझावका साथ परिमार्जन गरेर राष्ट्र र जनताका हितमा कार्यान्वयन गर्ने वातवरण सिर्जना गर्न सकिन्छ ।
हरेक राजनीतिक क्षेत्रमा केही व्यक्त्व हरुका देन र चरित्र सम्झनु पर्ने देखिन्छ जस्तै स्व. कृष्ण प्रसाद भट्टराई राजा महेन्द्र, प्रदीप गिरी, वर्तमानकै अवस्थामा पनि चित्र बहादुर केसी, प्रदीप ज्ञवाली चन्द्र भण्डारी लगायतका हुनु हुन्छ । सबै सबैलाई पच्च्य हुदैनन् तै पनि राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, अखण्डता र निर्भिकताका लागि केपी शर्मा ओली सम्झी रहनु पर्ने व्यक्ति हुन् । त्यस्तै वर्तमानका शिक्षामंत्री महाबीर पुन स्वार्थ र अभिमान मुक्त वैज्ञानिक अनुकरणीय व्यक्तित्व हुन ।
यो धर्तिमा राष्ट्र र मानवताका कलंक मात्र नभै महामानव पनि समय समयमा पैदा हुने गर्दछन । अहिलेको जेनजी आन्दोलनमा पनि केही अनुहार आसा लाग्दा देखा परेका छन् ।
लेखक पुरन सिंह दयाल संविधान सभा सदस्य हुन ।


















