धनगढी – कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक किलो चाँदीसहित ४ नेपाली पक्राउ परेका छन् । ६१६.९ ग्राम (५२.९ तोला) सुन र ७८०.८ ग्राम चाँदीसहिच ४ नेपाली पक्राउ परेका हुन ।

भारतको क्राइम ब्रान्च महाराष्ट–बाट खटिएको प्रहरीको टोलीको सहयोगमा बिओपी गौरीफन्टा चेक पोष्टबाट सुन र चाँदी सहित २५ वर्षीय दीपक नरसिहं, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटालाइ पक्राउ गरेको जनाएको छ ।

उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन ।
उनीहरुले महाराष्ट्रबाट सुन र चाँदी चोरी गरेर ल्याएको आरोप छ । चारै जनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले जिल्ला खिरी पठाएको छ ।


















