बाजुरा – ट्याक्टर दुघटनामा परेर बाजुराका एक युवकको मृत्यु भएको छ । बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युत्को सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको ट्याक्टर मुगुमा दुर्घटना हुँदा गौमुल गाउँपालिका–३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको हो ।

गए राति लु ५ त १२३७ नम्बरको ट्याक्टर मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको थियो । विद्युत् पोल बोक्ने क्रममा उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खस्दा चालक रोकायाको घटनास्थलमै मृत्यु भएको सोरुकोट प्रहरी चौकीका बलवीर लावडले जानकारी दिए ।

दुर्घटनामा हुम्ला अदानचुली–२ का २८ वर्षीया रेशम भण्डारी घाइते भएका छन । उनको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । ट्याक्टरमा चालक रोकाया र भण्डारी मात्र सवार रहेको प्रहरीले जनाएको छ ।


















