काठमाडौं – मंगलबार एकैदिन सुनको मुल्य करिब ५ हजार बढेको छ ।

अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ हजार ९ सय रुपैयाँले सुनको मुल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मुल्य पनि तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ६५ रुपैयाँ रहेको चाँदी आज ३ हजार १७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फेरि सुनचाँदीको मूल्य उच्च दरमा बढेसँगै नेपाली बजारमा प्रभाव परेको छ ।



















