धनगढी – कैलाली बहुमुखी क्याम्पसमा ‘जेन –जी’ आन्दोलन र देशको मार्गचित्र, वर्तमानको प्रभाव र भविष्यको गन्तव्य’ विषयक वहस गरिएको छ । क्याम्पसको मानविकी संकाय राजनीति शास्त्रमा अध्ययनरत विद्यार्थीको आयोजनामा उक्त कार्यक्रम गरिएको राजनीति शास्त्र छैटौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी सन्तोष रावलले जानकारी दिए ।

पाठ्यक्रम सँग सँगै समसामयिक राजनीतिक घटनाहरुमा विद्यार्थीहरुलाई सचेत बनाउन कार्यक्रम गरिएको राजनीति शास्त्र सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी गौरी सिंहले जानकारी दिइन् ।

राजनीति शास्त्रका उप–प्राध्यापक सिद्धराज पण्डित, कानुन संकायका उप–प्राध्यापक पदम पाल र आमसञ्चारका उप–प्राध्यापक टेकेन्द्र देउवाले समसामयिक बिषयका प्रश्नको जवाफ दिँदै विद्यार्थीहरुको धारणा प्रष्ट पारेका थिए । कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी साकार बोगटीले बताए ।


















