खाेज्नुहाेस

कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु 

Image
धनगढी – कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिँदा साइकलमा सवार साइकल यात्री बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर बस्ने ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको
add everest academy
attariya hospital
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपको ठक्करबाट गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए  ।
navjiwan hospital
दुर्घटनामा पैदल यात्री घोडाघोडी नगरपालिका–२, साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर बस्ने ५४ वर्षीय हर्क बहादुर डगौरा र बर्दगोरिया–६ कै २५ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। उनीहरूको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।
attariya technical collage
जिप र चालक रोल्पाको त्रिवेणी गाउँपालिका–४ बस्ने २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।