काठमाडौं – हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा भारतलाई नेपालले ९२ रनले पराजित गरेको हो।
नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अल आउट हुँदै ४५ रन मात्रै बनायो। नेपालका रसिद खानले ३ विकेट लिँदा बसिर अहमदले २ तथा रूपेस सिंहले १ विकेट लिएको हो।



रसिद खानले एकै ओभरमा तीन विकेट लिँदै भारतलाई अल आउट गरेका थिए। रसिद खानले अफगानिस्तानविरूद्धको खेलमा ह्याट्रिक गरेका थिए।
भारतका लागि भरत चिपली र प्रियंक पञ्चलले १२/१२ रन बनाए। कप्तान दिनेश कार्थिक र शहबाज नदीमले ७/७ रन बनाए । स्टुअर्ट बिनी शून्यमा आउट भए। पहिले ब्याटिङ गरेको नेपालले विकेट नगुमाइ १३७ रन जोडेको थियो।
नेपालका लागि रसिद खानले ५५ रन बनाए। उनले १७ बलमा ४ चौका र ६ छक्का हाने। ५५ रन जोडेपछि उनी ‘रिटायर्ड हर्ट’ लिएका थिए।

















