खाेज्नुहाेस

अछामको बासुकी माविद्धारा देउसी भैलोबाट ११ लाख बढी संकलन, अक्षयकोष खडा गरिने

Image

धनगढी– अछामको एउटा विद्यालयले देउसी भैलोबाट ११ लाख बढी संकलन गरेको छ । जिल्लाको मेल्लेख गाउँपालिका– ४ कुस्कोटमा रहेको बासुकी माध्यमिक विद्यालयले तिहारमा देउसीभैलोलाई उपयोग गरि ११ लाख १५ हजार ९६२ रुपैया संकलन गरेको हो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय युवाले ‘बासुकी मावि निर्माणमा हाम्रो सहभागिता, कक्षा ११, १२ सञ्चालनमा अक्षय कोष स्थापनामा हाम्रो ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ देउसी–भैलो अभियान थालनी गरेका थिए ।

add everest academy
attariya hospital

अछामका विभिन्न गाउँमा पुगेर मौलिक गीत देउडासमेत खेल्दै यो टिमले आर्थिक संकलन ग-यो । उनीहरूको यो अभियान गाउँमा मात्र नभई सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत देश–विदेशमा छरिएर रहेका ५९० जना कुस्कोटवासीसम्म पुग्यो । देश–विदेशमा रहेका उनीहरूले गाउँको स्कुलका लागि दिल खोलेर सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल शाहले जानकारी दिए ।

navjiwan hospital

शाहका अनुसार अभियानको पहिलो चरणमा सङ्कलन भएको रकमलाई तत्काल खर्च नगरी एउटा ‘अक्षय कोष’मा राखिनेछ । कोषको मूलधनलाई सधैँ सुरक्षित राखेर त्यसबाट आउने वार्षिक ब्याजबाट कक्षा ११ र १२ का लागि आवश्यक शिक्षकको तलब, शैक्षिक सामग्री, प्रयोगशाला व्यवस्थापन र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । ‘यो अभियानले राम्रो सुरुवात भएको छ । हरेक रुपैयाँमा हाम्रा दाजुभाइ र दिदीबहिनीको पसिना र माया मिसिएको छ’ उनले भने ‘यसले हामीलाई ठुलो आशा र ऊर्जा दिएको छ,’ उनले भने ।

उच्च माध्यमिक तहको शिक्षाका लागि आर्थिक स्रोतको अभावमा देउसीभैलो खेलेर रकम संकलन गरिएको हो । स्थानीय मानवहादुर साउँदले विद्यालयमा ०८१ सालदेखि कक्षा ११ र यो वर्षदेखि १२ कक्षाको पठनपाठन सुरु गरिएको बताए । एसईई सकेका विद्यार्थीलाई उच्च माध्यमिक तह पढ्न धनगढी, महेन्द्रनगर लगायतका स्थानमा जानुपर्ने बाध्यता हटाउन तथा छोरीहरूलाई उच्च माध्यमिक तहसम्मको अध्ययन सहज गराउन गाउँकै विद्यालयमा ११ र १२ कक्षाको पढाइ सुरु गरिएको साउँदको भनाइ छ ।

attariya technical collage

यद्यपि आर्थिक स्रोत सबैभन्दा ठुलो चुनौती बनेको उनले बताए । विद्यालयमा प्रावितर्फ ४ जना स्थायी दरबन्दीका शिक्षक छन् । राहतमा २ जना मावि र एक जना निमाविमा गरी ३ जना शिक्षक छन् । संघीय अनुदानमा एक जना र गाउँपालिकाको अनुदानमा ६ जना शिक्षक कार्यरत छन् । गाउँपालिकाको अनुदानमा राखिएका ६ शिक्षकमध्ये प्राविमा १, निमाविमा २, माविमा १ र कक्षा ११ र १२ मा दुई जना छन् ।

यस्तै स्थानीय स्रोतमा प्राविमा १, निमाविमा १ जना शिक्षक राखिएका छन् । १७ जना शिक्षक, एक जना लेखापाल र एक जना परिचर गरी १९ जना कर्मचारी रहेको यो विद्यालयमा अझै कक्षा ११ र १२ जना दुई जना शिक्षकको आवश्यकता छ । गाउँपालिकाको अनुदानमा ६ जना र स्थानीय स्रोतबाट २ जना शिक्षक थपेर जेनतेन चलेको विद्यालयलाई ‘प्लस टु’ सञ्चालन गर्न थप दुई शिक्षकको तलब व्यवस्थापन गर्न तिहारमा देउसीभैलो मार्फत रकम जुटाएर अक्षयकोष खडा गरिएको हो ।