रौतहट – नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री मोहम्मद अफताव आलमको मृत्यु भएको छ । एक महिनादेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका आलमको स्वास्थ्य अवस्था खराब भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका थियो ।

उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई दसैंअघि देखि भर्ना गरिएको थियो । पछिल्लो एक सातादेखि आलमको स्वास्थ्यमा थप समस्या खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । आलम निकट कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाले उपचारको क्रममा ६३ वर्षीय आलमको मृत्यु भएको पुष्टि गरे ।


गएको जेठ १४ गते नख्खु कारागारबाट छुटेको केही दिनमै उनलाई मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
















