खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री शाह भन्छन् ‘यो मुलुकलाई देउवाको खाँचो छ’ 

Image
डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम बासिलाई, डडेल्धुरा बासीलाई यो मुलुकलाई  शेरबहादुर देउवाको खाँचो रहेको बताएका छन् ।  बिहीबार डडेल्धुरा जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरू सँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन ।
add everest academy
attariya hospital
मुख्यमन्त्री शाहले डडेल्धुरालाई देशको पवित्र भूमि रहेको बताउँदै उक्त भूमिले देशको पाँच–पाँच पटक नेतृत्व लिने शेरबहादुर देउवा जस्ता व्यक्तित्वलाई जन्म दिएको बताए ।  उनले भने ‘शेरबहादुर देउवाले सधैँ जनताको अधिकारका लागि अग्रपङ्क्तिमा रहेर सङ्घर्ष गर्नुभयो। विगतका आन्दोलनहरूमा ज्यानमाथि खतरा आइरहँदा पनि उहाँ कहिल्यै विचलित हुनुभएन।’
navjiwan hospital
मुख्यमन्त्री शाहले आफू सरकार र संविधान छँदै छ भन्ने सन्देश दिन प्रदेशका विभिन्न जिल्लामा उपस्थित भइरहेको बताए । उनले भने ‘जेन्जी आन्दोलन अकल्पनीय थियो। हामी सबैले आ–आफ्नो ठाउँबाट सच्चिनु जरुरी छ।’
attariya technical collage
राजनीतिक र प्रशासनिक नेतृत्वबिच समन्वय र हातेमालो भए मात्र पारदर्शिता, सुशासन र विकास सम्भव हुने विश्वास मुख्यमन्त्री व्यक्त गरे ।
आफूले वाचा गरेअनुसार प्रदेश निजामती सेवा ऐन एक वर्षभित्र जारी गरेको र त्यसको केही समयपछि स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन पनि ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु आफ्नो प्रमुख नीति भएको बताए ।