टीकापुर– सुदूरपश्चिममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर टीकापुरबाट सुरु भएको छ । कैलालीको टीकापुर स्थित पर्यटकीय स्थल टीकापुर पार्कबाट शुक्रवार ट्रफी टुरको सुरुवात गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले ट्रफी टुरको सुरुवात गरे । उनले क्रिकेटले नेपाललाई विश्वभरी चिनाएको बताए । उनले ट्रफी टुरलाई सफल बनाउन सबैले सहयोग गर्नेमा आफू आसावादी भएको समेत बताए ।



टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर टीकापुरबाट हुनु टीकापुरका लागि गौरवको कुरा भएको बताए । उनले ट्रफी टुर सफल बनाउन आफूले सक्दो सहयोग गर्ने बताए ।
कैलालीको टीकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार हुँदै, कैलालीको चिसापानी, लम्की, बौनिया, सुख्खड, मसुरीया, चौमाला, अत्तरिया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र दोस्रो दिन कैलालीको धनगढी अत्तरिया लगायतका स्थानमा ट्रफी टुर ¥याली निकालिने सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ ।
ट्रफी टुरको सुरुवात गर्ने क्रममा स्थानीयहरूले थारु संस्कृति झल्किने किसिमका विभिन्न झाँकीहरू समेत प्रदर्शन गरिएका थिए । सुदूरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की तथा कप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ । एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ देखि सुरु हुँदै छ ।


















