खाेज्नुहाेस

खाद्यले कैलालीमा किन्यो १२ हजार क्विन्टल बढी धान

Image

धनगढी– कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले १२ हजार क्विन्टल बढी धान खरिद गरेको छ । कार्यालयले यही कार्तिक १२ गतेदेखी हालसम्म १२ हजार ५२७ क्विन्टल धान खरिद गरेको हो ।

navjiwan hospital

जिल्लाका ६ स्थानबाट धान खरिद सुरु गरेको कार्यालयले जनाएको छ । जसमा टीकापुर खरिद केन्द्रबाट ३ हजार ८७९, मोहनपुरबाट २ हजार ३३९, सत्तीबाट २ हजार, गौरीगङ्गा खरिद केन्द्रबाट १ हजार ७२४, भजनीबाट १ हजार ३०० र जोशीपुरबाट १ हजार २८५ क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए ।

add everest academy
attariya hospital

उनका अनुसार खाद्य कम्पनीले सरकारद्वारा निर्धारित न्यूनतम समर्थन मूल्यमा मोटा धान खरिद गरिरहेको छ । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा निर्धारण गरेको छ ।

यस वर्ष कम्पनीले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको बताउँदै उनले एक किसानबाट बढीमा ५० क्विन्टलका दरले खरिद गरिने जानकारी दिए । धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस तथा चेकको प्रतिलिपि ल्याउनुपर्ने व्यवस्था गरिएको उनले बताए । गत वर्ष जिल्लामा कम्पनीको धान खरिद कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०१ क्विन्टल मात्रै खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।