अत्तरिया – कञ्चनपुरबाट प्रहरीले ६ लाख ७७ हजारको अवैध सामान बरामद गरेको छ । बिहीबार भीमदत्त नगरपालिका – ४ बसपार्क, भीमदत्त नगरपालिका – १० सुकासाल र भीमदत्त नगरपालिका – ११ गड्डाचौकीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ६ लाख ७७ हजार १५० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।



जसअन्तर्गत चिनी, सुर्ती, दाल, मिठाई, विभिन्न किसिमका कपडा, हार्डवेयर, मोटरसाइकल १ थान लगायतका सामानहरू रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
















