खाेज्नुहाेस

विश्वविद्यालयको नियुक्तिमा निष्पक्षता अपनाउन खबरदारी, अस्पताल र एमबिबिएस पढाइ सुरु गर्न माग

Image

अत्तरिया – कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्तिका साथै अन्य हुने महत्त्वपूर्ण नियुक्तिहरूमा निष्पक्षता अपनाउन खबरदारी गरिएको छ । बिहीबार शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिले कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।

ज्ञापन पत्रमा भनिएको छ ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका साथै अन्य हुने महत्त्वपूर्ण नियुक्तिहरूमा निष्पक्षता अपनाउन विनम्र तथा बुलन्द अनुरोध गर्दछौँ ।’

add everest academy
attariya hospital
navjiwan hospital

संयोजक लोकराज पाण्डेय (आगो), सह संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा विश्वविद्यालयको ऐन कार्यान्वयन प्रक्रिया अन्तर्गत विश्वविद्यालय सभा सदस्य नियुक्ति र उपकुलपति तथा रजिस्ट्रार सिफारिस समिति गठन गरिएकोमा धन्यवाद ज्ञापन गरिएको छ ।

यस्तै ज्ञापन पत्रमा ७७ बिघा जग्गामा ७ अर्बभन्दा बढीको लगानीमा स्थापित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ६०० शय्याको अस्पताल यथाशीघ्र सञ्चालन गर्न र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै वर्ष देखि एमबिबिएस अध्ययन अध्यापन कार्य प्रारम्भ गर्न माग गरिएको छ ।

यसअघि बुधवार बसेको समितिको बैठकबाट पनि ऐन कार्यान्वयनमा गरिएको प्रति धन्यावाद प्रस्ताव पारित गर्दै थप खबरदारीका कार्यक्रम अन्तरगत ज्ञापन पत्र बुझाउने प्रस्ताव पनि पारित गरिएको थियो । बैठकले यसअघिको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिको नाम परिवर्तन गरेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समिति राख्ने निर्णय गरेको थियो ।

attariya technical collage