
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० खमैरामा मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेपछि मृत फेला परेका शेर बहादुर चौधरीका आफन्तले न्यायको माग गर्दै इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरेका छन् ।
असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएकाहरूलाई कारबाही नगरी छोडिएको भन्दै आफन्तले गठन गरेको सङ्घर्ष समिति मार्फत इलाका प्रहरी कार्यालय घेराउ गरिएको हो ।
उनीहरूले करिब ३ घण्टा इलाका प्रहरी कार्यालय अगाडि उभिएर नाराबाजी गर्दै न्यायको माग गरेका थिए ।
असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागका शेर बहादुरको भने असोज २४ गते घर नजिककै खोलामा शव फेला परेको थियो । उनको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको थियो । त्यसपछि मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की मल्ल र विकास मल्लले शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका छन् ।
तर, विकास मल्ललाई छोडिएपछि स्थानीय आन्दोलित भएका छन् । अहिले दुवै पक्ष बिच छलफल जारी रहेको छ ।
सम्बन्धीत समाचार : घरबाटै लखेटिएपछि मृत भेटिएका शेरबहादुरका आफन्तद्वारा न्याय नपाएको गुनासो



















