खाेज्नुहाेस

अन्तरिक्षमा एआई डेटा सेन्टर बनाउँदै गुगल

Image

विश्वभरका ठूला एआई कम्पनीहरू डाटा सेन्टरको भविष्यका लागि नयाँ सम्भावनाहरू खोजिरहेका छन् । कसैले जमिनमा त कोही समुद्रभित्र । तर, यस दिशामा दिग्गज प्रविधि कम्पनी गुगल एक पाइला अगाडि बढेको छ ।

गुगलले अन्तरिक्षमा एआई कम्प्युटिङ सिस्टम बनाउने तयारी गरेको छ । जसलाई भविष्यमा डाटा सेन्टरको रूपमा पनि प्रयोग गर्न सकिनेछ । यस महत्वाकांक्षी योजनामा कम्पनीले एक सफल परीक्षण पनि गरिसकेको छ, जसको जानकारी स्वयं सीईओ सुन्दर पिचाईले सामाजिक सञ्जाल मार्फत दिएका छन् ।

add everest academy
attariya hospital

प्रोजेक्ट सनक्याचरु को सफलता

सुन्दर पिचाईले जानकारी दिए अनुसार, गूगलले पृथ्वीको तल्लो कक्षमा पाइने विकिरणको अवस्थालाई अनुकरण गर्दै ट्रिलियम(जेनेरेसन टेन्सर प्रोसेसिङ यूनिट्सु (त्एग्क) को सफल परीक्षण गरेको छ ।

पिचाईका अनुसार टिपियू विशेष प्रकारका चिप हुन्, जसलाई आर्टिफिसियल इन्टेलिजेन्स को कामलाई तीव्र गतिमा र उत्कृष्ढ ढंगले गर्नका लागि तयार पारिएको परीक्षणका क्रममा उच्च विकिरणयुक्त वातावरणमा पनि ती चिपमा कुनै पनि क्षति पुगेन ।

attariya technical collage
navjiwan hospital

यो सफलता प्रोजेक्ट सनक्याचरु का लागि ठूलो उपलब्धि हो । यस परियोजनामार्फत गुगलले अन्तरिक्षमा एआई कम्प्युटिङ प्रणाली स्थापना गर्न चाहन्छ, जसलाई सूर्यको प्रकाशबाट शक्ति प्राप्त हुनेछ ।

गुगलको यस अत्याधुनिक हार्डवेयर सिस्टमले बाह्य अन्तरिक्षको उच्च रेडिएसन र तीव्र तापमान परिवर्तन जस्ता खतरनाक वातावरणको पनि सामना गर्न सक्ने यो उक्त परीक्षणको सफलताले देखाएको छ ।

स्मरण रहोस् च्याट जिपीटी, जेमिनाइ तथा क्लाउडेजस्ता एआई मोडेलहरू चलाउनका लागि अत्यधिक बिजुली को आवश्यकता पर्छ । उक्त ऊर्जा उत्पादनमा कोइला, ग्यास वा डिजेलको प्रयोग गर्दा ठूलो परिमाणमा प्रदूषक ग्याँस उत्पन्न हुन्छ ।

सोही कारण यो प्रणालीलाई सौर्य ऊर्जाबाट सञ्चालन गर्ने गुगलको चाहना छ । अन्तरिक्षमा सोलार प्यानलहरू पृथ्वीको तुलनामा ८ गुणासम्म बढी कुशल हुन सक्छन् र लगभग निरन्तर सूर्यको प्रकाश प्राप्त गर्न सक्छन् । यसले पृथ्वीको उर्जा स्रोतहरूमाथिको दबाबलाई कम गर्ने विश्वास राखिएको छ ।

२०२७ को समयसीमा

गुगलका सीईओ सुन्दर पिचाईका अनुसार, यदि सबै कुरा योजना अनुसार अघि बढ्यो भने, गूगलले २०२७ को सुरुसम्ममा प्लानेट नामक कम्पनीसँग मिलेर आफ्नो दुईवटा प्रोटोटाइप स्याटेलाइट प्रक्षेपण गर्नेछ । यो कदम अन्तरिक्षमा एआई हार्डवेयरको सञ्चालन र त्यहाँ स्थापना हुने मेसिन लर्निङ कार्यहरूको सम्भाव्यता परीक्षण गर्नका लागि महत्वपूर्ण कदम हुनेछ ।