अत्तरिया – नेपाली कांग्रेस कैलालीको पार्टी कार्यालय रङरोगन रंङरागन गरिएको छ । भदौ २४ गतेको जेन्जी पुस्ताको आन्दोलन कार्यालयमा तोडफोड तथा आगजनी भएपछि रङरोगन गरिएको हो ।

त्यसक्रममा कार्यालय भवन, फर्निचर र महत्वपूर्ण कागजातहरु नष्ट भएका थिए । कांग्रेस कैलालीका सचिव केशव मिश्रले रङरोगनको कार्य अन्तिम चरणमा पुगेको बताए । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन वाहेकका सामग्रीहरु पूर्णरुपमा नष्ट भएको उनले बताए ।


यस अघि काँग्रेस क्षेत्र नम्बर ५ को बैठकले क्षतिग्रस्त कार्यालय पुनर्निर्माण गरी नियमित कार्य सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको थियो ।















