काठमाडौं – निकोलस भूसाल पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् ।


उनलाई अब प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । उनले यसअघि सामाजिक सञ्जालमार्फत विवादस्पद अभिव्यक्ति दिएका थिए ।
प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।
















