खाेज्नुहाेस

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, ८ जनाको मृत्यु

Image

काठमाडौ । अफगानिस्ताको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । बीबीसीका अनुसार सोमबार राति करिब १ बजे मजार–ए–शरीफ भन्ने स्थानका केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

navjiwan hospital

भूकम्पमा परि कम्तिमा आठ जनाको मृत्यु भएको बताईएको छ । यद्यपी घाइतेहरु धेरै रहेका र कतिपयको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने आशंका गरिएको छ । अधिकारीहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धारको काम जारी छ ।

add everest academy
attariya hospital

अफगानिस्तानको स्वास्थ्य विभागका प्रवक्ता समिन जुयन्दाले भूकम्पमा परी ८ जनाको मृत्यु भएको र १८० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको बताएका छन् । तालिबान सरकारका प्रवक्ता हाजी जैदले भूकम्पबाट बाल्ख प्रान्तको शोलगरा जिल्लामा बढी क्षति पुगेको बताएका छन् ।