खाेज्नुहाेस

गोदावरी– ७ मा रहेको दुर्गाभवानी माविको अध्यक्षमा बोगटी दोहोरिए

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ७ हरैयामा रहेको दुर्गाभवानी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दान बहादुर बोगटी दोहोरिएका छन । यसअघि पनि सोही विद्यालयको अध्यक्ष रहेका बोगटी पुनः सोही पदमा दोहोरिएका हुन ।

navjiwan hospital

विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकका तर्फबाट ४ जना, वडाका तर्फबाट १ र नगरपालिकाले २ जनालाई मनोनित गरि पठाएको थियो । अभिभावकका तर्फबाट प्रतिनिधि चुनिएर आएमा अमर बहादुर खडायत, किरण सिँ ओली, सरस्वती बोहरा र मन्धरी देवी ऐर रहेका छन भने वडाका तर्फबाट चेत बहादुर ऐर प्रतिनिधि चुनिएर आएका थिए । नगरले बोगटी र पद्मा भट्टलाई प्रतिनिधिका रुपमा पठाएको थियो ।

add everest academy
attariya hospital

प्रतिनिधि आएकाहरु सबैले सर्वसम्मत रुपमा बोगटीलाई नै अध्यक्षका रुपमा चयन गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण राज पाठकले जानकारी दिए । कुल सदस्यीय समितिमा शिक्षक प्रतिनिधि बाहेक अन्य सबैको टुंगो लागिसकेको उनले बताए ।

समितिमा अध्यक्ष बोगटी बाहेक प्रतिनिधि चुनिएर आएका अन्य ६ जना सदस्यमा स्वतः मनोनित भएका छन भने सदस्य सचिवका रुपमा प्रधानाध्यापक पाठक रहेका छन ।