खाेज्नुहाेस

धनगढीमा शनिवारे महिला उद्यमी मेला सुरु

Image

धनगढी – धनगढी उपमहानगरपालिकाले महिला उद्यमशीलता प्रवद्र्धनका उद्देश्यले शनिवारे मेला सुरु गरेको छ । शनिवार देखि औपचारिक रूपमा सुरु गरिएको मेला हरेक साताको शनिवार धनगढी–१ पार्कमोडस्थित जेनजी मार्गमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

मेलाको उद्घाटन सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले गरेका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री थापाले महिलाको सीप र उत्पादनलाई बजारसम्म पु-याउने र उनीहरूको आत्मबल वृद्धि गर्ने उद्देश्यले यस्तो मेला आयोजना गर्नु उपमहानगरपालिकाको सराहनीय पहल भएको बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उप–मेयर कन्दकला कुमारी रानाले महिला सशक्तीकरण र स्वरोजगारलाई प्राथमिकता दिँदै शनिवारे महिला उद्यम बजारको सुरुवात गरिएको बताइन् ।

उप–मेयर रानाले मेलाले सीप भएका महिलालाई घरमै बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै, उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।

मेलाको पहिलो दिन विभिन्न महिलाले आफ्ना उत्पादन तथा परम्परागत परिकारका स्टलहरू राखेका थिए । हस्तकलादेखि लिएर घरेलु खाद्य परिकार, कपडा, सुन्दरता सामग्री, र घरायसी प्रयोगका वस्तुसम्मको प्रदर्शनी गरिएको थियो ।

attariya technical collage