खाेज्नुहाेस

रक्षा बमको संयोजकत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ को घोषणा

Image

धनगढी – जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्टको घोषणा भएको छ । शुक्रबार अनलाइनमार्फत देशका विभिन्न ठाउँमा रहेका जेनजी प्रतिनिधिहरूलाई समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा भएको हो । यसमा ३८ जना समेटेर संयोजन समिति गठन गरिएको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

navjiwan hospital

संयोजक बमले यसमा महिला, विभिन्न संघसंस्था, शुभेच्छु, लैंगिक अल्पसंख्यक समुदाय समेतलाई समेटेको बताइन । उनीहरूले दस्तावेज समेत तयार पारी सार्वजनिक गरेका छन् ।

add everest academy
attariya hospital

जसमा भदौ २३–२४ का घटनाबारे छानबिन र सिफारिस तत्काल कार्यान्वयन गर्न, सार्वजनिक व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न र भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता नीति लागू गर्न उनीहरूले माग गरेको छ ।

त्यसैगरी आउँदो फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र र भयमुक्त वातावरण बनाउन पनि माग गरेको छ ।