खाेज्नुहाेस

प्रतिभा पुस्तकालयको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन । शनिबार पुस्तकालयको १६ औं साधारण सभामा अध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका हुन ।

अध्यक्षमा दिर्घराज भट्ट, भुपेश जोशी र यज्ञराज हमालले उमेदवारी दर्ता गरेका छन । त्यस्तै उपाध्यक्षमा नरेन्द्रराज शर्मा र टेकराज भट्टको उमेदवारी परेको छ भने सचिवमा धर्मसिंह कुवर र लिलाधर बास्कोटाले उमेदवारी दिएका छन ।

add everest academy
attariya hospital
navjiwan hospital

कोषाध्यक्षमा जयराज फुलारा र कमला भट्टराईको उमेदवारी परेको छ । सह सचिवमा हेमन्तराज जोशीको उमेदवारी परेको छ । सदस्यहरुमा शेरसिंह खड्का, रामचन्द्र जोशी, नरेन्द्र बहादुर बोहरा, तपराज ओझा र खिमादेवी ओझाले उमेदवारी दर्ता गरेका छन् ।

यसअघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले साधारण सभाको उद्घाटन गरेका थिए । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्वमा आयोजिता कार्यक्रममा उपकुलपति जोशी प्रमुख अतिथी रहेका थिए ।

पुस्तकालयको साधारण सभा पहिलो पटक गत भदौ ७ गते शनिबार बोलाइएकोमा उक्त दिन आवश्यक गणपूरक संख्या नपुगी स्थगित भएको थियो भने भाद्र २८ गते दोस्रो पटक बोलाइएकोमा देशमा फेरिएको परिस्थितिका कारण स्थगित गरिएको थियो । त्यस्तै असोज २५ गते बोलाइएको १६औं साधारण सभामा पनि आवश्यक गणपूरक संख्या नपुगी स्थगित हुन पुगेको थियो । संस्थाका ५ सय ९१ आजिबन सदस्य रहेका छन् ।

attariya technical collage