खाेज्नुहाेस

कञ्चनपुरमा बस दुर्घटना हुुँदा १ जनाको मृत्यु

Image

धनगढी – कञ्चनपुरमा बस दुुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शनिबार बिहान ना ७ ख ६१८२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका – २ को वाणीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

navjiwan hospital

दुर्घटनामा कृष्णपुरको बण्डका अन्दाजी ४२ वर्षीय बलबहादुुर बोहराको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए । घाइते अवस्थामा उद्धार गरिएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको उनले बताए ।

add everest academy
attariya hospital

बसमा पाँच जना सवार थिए । दुर्घटनापछि फरार भएका चालक वेदकोट नगरपालिका – ३ दैजीका ४६ वर्षीय रमेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।