बाजुरा – बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । स्थानिय सिर्जना केसीलाई बाटोमै सुत्केरी व्यथा लागेपछि अनमी बिनिता बिष्टको सहयोगमा बाटोमै सुत्केरी सेवा दिइएको हो ।

बिहीवार दिउँसो आफन्तले सिर्जनालाई स्वास्थ्य चौकी लिदै गर्दा घर नजिकै बाटोमा व्यथा लागेको थियो । आफन्तले सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीलाई खबर गरेका थिए । खबर पाए लगत्तै अनमी बिनिता बिष्ट दौडेर त्यहाँ पुगेकी थिइन् ।


बिनिताले भनिन्, आफु पुगिसक्दा बच्चा भइसकेको थियो । साल निकालेर सालनालको व्यबस्थापन गरेको गरे । चेकजाँच गर्दा सबै सामान्य रहेको थियो । बच्चा र आमाको अवस्था राम्रो नै थियो, तत्काल नै घर पठाएको बताइन् ।
बिनिता सिमलकोट आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् । अहिले उनी स्वास्थ्य संस्थामा एक्लै कार्यरत छन् । आफन्तले बोकेर स्वास्थ्य संस्था पुगाउन नसक्ने भनेपछि सुत्केरी गराउने आवश्यक सामान बोकेर बच्चा पाउने ठाउँमा पुगेको बताईन् ।


















