
कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन्। बेलडाँडी गाउँपालिका–२ क्याम्पबाट बेलौरी नगरपालिका–९ अण्डैया बस्ने २४ वर्षीय अरुण राना, भीमदत्त नगरपालिका–१८ सालघारी बस्ने २५ वर्षीय शेखर प्रसाद जोशी र भीमदत्त नगरपालिका–१५ निम्बुखेडा बस्ने २० वर्षीय ज्ञानु पाली पक्राउ परेका हुन्।
म २ प ३५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा २.२६ ग्राम लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।



















