धनगढी – कैलालीबाट प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका–७ पितमारी स्थितबाट दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका–१ घर भई हाल मोहन्याल गाउँपालिका–७ पितमारीमा ग्रिन सिटि होटल संञ्चालन गरेका ३० वर्षीय लोकेन्द्रबहादुर शाही सहित ७ जना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट १ लाख ७७ हजार १३५ रुपैयाँ र १२ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


उनीहरुलाई इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

















