मित्-बा उवाच: रित्तै फर्केलान् यमराज पनि !


शान्तिप्रेमी कुरा सुन्दा, पिई अमृतको रस
मान्छे अशान्त आफै छ, रुमलिन्छौ जता बस ।
भावनाको महाराशि, प्रतिस्पर्धी परम्परा

रोक्ने यात्रा चलेको छ, के सोच्छिन् खै वसुन्धरा ।।
कृत्रिम हुन्छ संस्कार, तिमी ढल्छौ कता पुगी

गोधूलिमा लिनै आए, यमराज नुगी नुगी।
क्रोधी-लोभी तिमीलाई, लान्न आज भयो भनी
फर्केलान् यम ती रित्तै, तिमी बस तला गनी ।।
(छन्द : अनुष्टुप्)
विधा: व्यङ्ग्य (Satire), जसले हाँस्य, उपहास वा विरोधाभासको माध्यमबाट समाजका विसङ्गति, ढोंग, अन्याय, भ्रष्टाचार र कमजोरीहरू प्रकट गर्छ। यसको उद्देश्य भनेको जनमानसमा चेतना जगाउने र समाज-सुधार तर्फ प्रेरित गर्ने हो।
डा. काशिराज पाण्डे
काठमाडौँ विश्वविद्यालय


















