खाेज्नुहाेस

खै कसरी खोज्छौँ?

Image
आँशु पोखौँ भने सगरमाथा डुब्छ
वेदना सुनाउ भने गाथा बन्छ ।
add everest academy
attariya hospital
ढुङ्गा पुज्छौँ आत्मा दुखाउँछौँ
असत्य लिन्छौँ सत्य लुकाउँछौँ
attariya technical collage
खै कसरी ?
सुख, शान्ति र संवृद्धि खोज्छौँ।
मानवीय धर्म बिर्सन्छौँ
दानवीय कर्म अपनाउँछौँ
खै कसरी ?
सुख शान्ति संम्बृद्धि खोज्छौँ।
धर्म र कर्मले समाज बाड्छाैं
खै कसरी ?
एकता खोज्छौँ।
बलको प्रयोगले शान्ति खोज्छौँ
प्रेम सद्भावलाई छुटाउँछौँ
navjiwan hospital
खै कसरी ?
मानवता खोज्छौँ।
मेरो देश मेरो शान भन्छौँ
एक अर्का प्रति कुण्ठा पोख्छौँ
खै कसरी ?
राष्ट्रिय झन्डा उचाल्छौँ।
विदेशी उत्पादनको उपभोग गर्छौँ
युवालाई खाडी मुलुक पटाउँछौँ
सत्ता मिलीजुली बाँडी खान्छौ।
खै कसरी?
जनता ढाँटी खान्छौँ।
जनताका समस्या थाती राख्छौँ
ढुङ्गा पुज्छौ आत्मा दुखाउँछौँ
खै कसरी ?
सुख ,संम्बृद्धि र शान्ति खोज्छौँ।
 – कृष्ण सिंह धामी