खाेज्नुहाेस

सफलता सहकारीका सदस्यलाई निसर्ग हस्पिटलमा २० प्रतिशतसम्म छुट

Image

धनगढी – धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सफलता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि।बीच सहकारीका सदस्यहरूलाई स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ।
शुक्रबार सम्पन्न सम्झौताअनुसार सहकारीका शेयर सदस्यहरूले निसर्ग हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

navjiwan hospital

सम्झौताअनुसार, सहकारीले पठाएका बिरामीले संस्थाको सिफारिस पत्र र बिरामीको परिचय खुल्ने कागजात पेश गर्नुपर्नेछ। छुटको दायरामा अस्पताल भर्ना, सर्जरी, ल्याब परीक्षण, एक्स–रे, ईसीजी, ईको, औषधि लगायतका सेवा समावेश छन्।

add everest academy
attariya hospital

सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त र सफलता सहकारीकी अध्यक्ष खगेश्वरी जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यान्वयनमा आएपछि सहकारीका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ दरमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।