खाेज्नुहाेस

जाँचबुझ आयोगको टोलीद्धारा कैलालीमा आगजनी र तोडफोड गरिएका स्थलहरूको अनुगमन

Image

धनगढी – जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड घटनाको जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगको टोलीले शुक्रबार कैलालीमा अनुगमन गरेको छ। आयोगका सदस्य विशेश्वर प्रसाद भण्डारीको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत लगायतका कार्यालयहरूको स्थल अनुगमन गर्दै सम्बन्धित निकायहरूसँग अन्तरक्रिया गरेको हो।

navjiwan hospital

अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य भण्डारीले आयोग देशभरका प्रतिनिधिमूलक स्थानहरूमा पुगेर घटनाको वास्तविक अवस्था बुझिरहेको बताए। उनले तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठेको उल्लेख गर्दै, दण्डहीनताले प्रश्रय नपाओस् भन्ने आफूहरुको प्राथमिकता रहेको बताए ।

add everest academy
attariya hospital

भण्डारीले घटनाका पीडितहरूमा अझै न्याय नपाइने डर रहेको जानकारी दिँदै आयोगले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाही गर्न, क्षतिपूर्ति उपलब्ध गराउन र निर्दोष नागरिकका घर तथा सम्पत्तिमा भएको क्षतिलाई सम्बोधन गर्न माग गरेका थिए ।

आयोगको टोलीले कैलालीमा संकलित विवरण, स्थानीय सरोकारवाला र पीडितहरूको भनाइ संकलन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको जनाएको छ।