खाेज्नुहाेस

एमाले प्रदेश कमिटी सचिवालय सदस्य भट्टद्वारा पार्टी परित्याग गरेको घोषणा

Image
अत्तरिया – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गोकर्ण भट्टले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै उनले आत्मालोचना सहित प्रदेश कमिटी सचिवालय सदस्य सहित पार्टी सदस्य नरहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन ।
add everest academy
attariya hospital
उनले जेनजी आन्दोलन पछि अराजक अभिव्यक्ति दिँदै दम्भ र अहंकारले मुलुक थप जटिल मोडमा गइरहेको यथार्थलाई कसैले नकार्न नसकिने बताउँदै नेपालका राजनैतिक दलहरू सत्ताको रसास्वादन मिलीजुली चाट्ने ब्वाँसा भएको बताएका छन् ।
‘एमालेमा रहँदा जहिल्यै पनि चरम गुटबन्दी र अपमान मै हुँ भन्नेहरूबाट भई रहँदा एक दिन त कसो न्याय नपाइएला आँसुका घुट पिउँदै आशावादी भएर निरन्तर लागि रहे , कुनै दिन जनताको परिवर्तनको आशा र विश्वास पार्टीले पुरा गर्छ कि भन्ने विश्वास गर्दै आशावादी बनी रहे र निरन्तर पार्टी काममा लागि रहे तर जनताको परिवर्तनको आशा र विश्वासमाथि  कुठाराघात गर्दै गुटबन्दी , अवसरवाद, धनवाद, डनवाद र यौनवादमा पार्टी चुर्लुम्मै उठ्नै नसक्ने गरी डुब्यो पार्टीभित्र इमानदार नेता र कार्यकर्ताको मूल्याङ्कन हुन छोड्यो पार्टी नेतृत्व चरम अवसरवादमा गयो जसको परिणाम जनचाहना विपरीत दुई ठुला दलको अपवित्र गठबन्धनले मुलुक अस्थिरताको खाडल जाकिन पुग्यो , नेपालका राजनैतिक दलहरूप्रति बितिष्णा पैदा गर्‍यो भ्रष्टाचार कुशासनले सीमा नाघ्यो मुलुक जाए भाणमे भन्दै भागबन्डामा राज्य सञ्चालन गर्ने दुस्साहसले जनतामा भित्रभित्रै राजनैतिक पार्टी विरुद्ध भुसको आगो झैँ भित्रभित्रै सल्केको आगोको ज्वालाको रूपमा भाद्र २३ गते जेएनजी नाममा निर्दोष बालबालिकाको ज्यान जान पुग्यो सम्पूर्ण मृतक हार्दिक श्रध्दासुमन व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु’ उनले लेखेका छन् ‘जसको प्रतिरोधमा २४ गते विभिन्न अराजक तत्त्वको घुसपैठले पुरै देश खरानी हुन पुग्यो यसको जिम्मेदारी मुलुक सञ्चालनको जिम्मेवारी  लिएका राजनीतिक पार्टी र त्यसको नेतृत्वले लिनु पर्दैन ? जिम्मेवारी लिनुको साटो अराजक अभिव्यक्ति दिँदै दम्भ र अहंकारले मुलुक थप जटिल मोडमा गइरहेको यथार्थलाई कसैले नकार्न सक्दैन नेपालका राजनैतिक सम्पुर्ण राजनैतिक  एउटै खेलका चट्टाबट्टा हुन सत्ताको रसास्वादन मिलीजुली चाट्ने ब्वाँसा हुन त्यसैले मुलुकको यस्तो अवस्थामा पुर्‍याउने सम्पूर्ण राजनैतिक दल हुन भन्ने मेरो अन्तर मनले स्विकारिसकेकोले मैले राजनैतिक दलको सदस्य भएर बसी रहन नसक्ने भएकोले आजसम्म भए गरेका जनविरोधी पार्टीको सदस्य भएको नाताले आत्म आलोचित हुँदै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्यबाट राजीनामा दिँदै एमालेको पार्टी सदस्यता समेत परित्याग गर्दै स्वतन्त्र रहेको घोषणा गर्दछु आजका दिनदेखि स्वतन्त्र नागरिकको हैसियतले समाज र नागरिकको मेरो क्षमताले भ्याएसम्म सेवा गर्नेछु, मेरो अन्तर आत्माको निर्णयलाई सबैले सकारात्मक रूपमा बुझिदिनुहुन विनम्र निवेदन गर्दछु ।’
attariya technical collage
navjiwan hospital
उनले आफूले २०३६ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर २०३७ सालमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज  क्याम्पसमा अध्ययन भएर अनेराबियु बाँके जिल्ला कमिटी सचिव र महेन्द्र बहुमुखी क्याम्पसको विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएको, २०३८ सालको  छैटौँ राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौँमै गिरफ्तार भए र तिन महिना पञ्चायती काल कोठरीमा यातना पाएको कुरा उक्त स्ट्याटसमा उल्लेख गरेका छन् ।
उनले जनयुद्धमा प्रत्यक्ष सहभागी नभए पनि अप्रत्यक्ष रूपमा नैतिक भौतिक समर्थन गर्नुका साथै सेल्टर दिनेसम्म काम गरेको, तत्कालीन शाही सेना प्रहरीबाट मानसिक यातना  पाएको उल्लेख गरेका छन् ।
उनी २०७४ सालमा गोदावरी नगरपालिकाको मेयरमा नेकपा माओवादीबाट नगर प्रमुखको उम्मेदवार भएर पराजित भएका थिए । उनी २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेबाट गोदावरी नगरपालिकाको मेयरका उम्मेदवार बनेर पराजित भएका थिए ।
उनले पार्टीबाट उम्मेदवार बनेपछि अन्तर्घात र मासु भात र रक्सी खुवाउन नसक्दा पराजित भएको बताएका छन् ।