बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वडा नं १ स्थित प्रसिद्ध राताशीला त्रिवेणी धाममा लाग्ने गिरेगडा कफलखाना जात्राको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

विदाका दिन नगरपालिकाभित्रका सबै सरकारी तथा गैर सरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपालीले बताए ।


गिरेगडा कफलखाना जात्रा हरेक बर्ष कार्तिक शुक्ल दशमीका दिन शुरु भइ कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन समापन हुने गर्दछ । गिरेगडा कफलखाना जात्रा शुक्रबार शुरु हुने र शनिबार हरिबोधनी एकादशीका दिन समापन हुने पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए ।
 
					 
 





 
 
 




 
 








