खाेज्नुहाेस

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले गरे जाँचबुझ आयोगका सदस्यमाथि दुर्व्यवहार

Image

कञ्चनपुर – जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न धनगढी पुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी र सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच वादविवाद भएको छ ।

भीमदत्त नगरपालिकामा बिहीबार दिउँसो आयोजित एक कार्यक्रममा उनीहरूबीच भनाभन भएको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

सञ्जालमा सार्वजनिक भएको भिडियोमा रावलले भण्डारीमाथि आक्रोश पोखेको देखिन्छ । उनी नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन् ।

जेनजी आन्दोलनको क्रममा आफ्नो घर जलेको र अहिले बालबच्चाको बिजोग भएको भन्दै उनी आयोगका सदस्यमाथि आक्रोश पोखेको भिडियोमा देखिन्छ ।

attariya technical collage