अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित डडेल्धुरा र बैतडीका युवक पक्राउ परेका छन । बुधबार राती धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहाबाट डडेल्धुराको आलीताल गाउँपालिका – ३ का २४ वर्षीय कैलाश धामी र बैतडीको सुर्नया गाउँपालिका – ७ का २३ वर्षीय अबिनाश कुवँर पक्राउ परेका हुन ।

उनीहरुको साथबाट २३० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।















