खाेज्नुहाेस

कञ्चनपुर र डडेल्धुरबाट फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया – प्रहरीले कञ्चनपुर र डडेल्धुरबाट फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले चोरी मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएका दोधरा चाँदनी – १ चक्कीबजारका २६ वर्षीय करन सिह धामी पक्राउ परेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार घरबाटै पक्राउ गरेको हो ।

यस्तै जिल्ला अदालत डडेल्धुराले ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन कैद सजाय र ७ हजार जरिवाना तोकका पर्शुराम नगरपालिका – १ का २१ वर्षीय लोकेश चन्दलाई पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अमरगढी नगरपालिका – ५ बागबजारबाट पक्राउ गरेको हो ।

add everest academy
attariya hospital