खाेज्नुहाेस

डोटीमा मृत फेला परेकी शिक्षकको सोसाइट नोट भेटियो

Image

डोटी – डोटीमा मृत फेला परेकी शिक्षकको सोसाइट नोट फेला परेको छ । । घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी शिक्षक पुर्वीचौकी गाउँपालिका– १ की २७ वर्षीया जानकी खड्काको सोसाइट नोट भेटिएको हो ।

आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट मृतकको सुत्ने कोठामा मोबाइलको कभर पछाडि फेला परेको प्रहरीले जनाएको छ ।

add everest academy
attariya hospital

सुसाइड नोटमा शिक्षा तथा समन्वय एकाइ डोटीमा विद्यालय निरीक्षक (विनि) पदमा कार्यरत २८ वर्षीय गणेश रावलले सामाजिक सञ्जालबाट आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाए विहे गर्न दवाव दिएको उल्लेख छ ।

‘अहिलेसम्म ड्याडी–मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज मलाई जिन्दगीले अनौठो मोडमा ल्याएर उभ्याइदियो । सो सरी भाइ मेरो कारण तिमीलाई र ड्याडीलाई यत्रो महिना तनाव भयो,’ सुसाइड नोटमा लेखिएको छ, ‘के गरुँ भाइ, गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो । न मैले उसलाई भेटेको छु न देखेको छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’

बुवा, आमा र भाइलाई सम्बोधन गर्दै लेखिएको सुसाइड नोटमा उनले रावलसँग फोनमा कुराकानी गर्नु गल्ती भएको, आमाबुवाको इज्जत गुमाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन नसकिने उल्लेख गरेकी छिन् ।

attariya technical collage

‘मेरो आयु यत्ति नै रहेछ, के गरुँ भाइ ? बाबाआमाको इज्जत गुमाएर, तिमीहरूलाई नराम्रो संस्कार सिकाएर कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ,’ सुसाइट नोटमा लेखिएको छ ।

navjiwan hospital

खड्काले भाइलाई बिरामी अवस्थाका आमाबुवाको ख्याल गर्न र इज्जत गुम्ने कुनै पनि काम नगर्न भनेकी छन् । आफ्नो अफिसर बन्ने सपना अधुरो रहेकाले हार नखाई पूरा गर्न भाइलाई भनेकी छन् । सुसाइड नोटमै खड्काले आफ्नो मोबाइल बैँकिङ तथा अन्य आर्थिक लेनदेनसमेत उल्लेख गरेर परिवारलाई व्यवस्थापन गर्न अनुरोध गरेकी छन् ।

मृतक शिक्षक खड्का बाजुरको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माविमा कार्यरत थिइन् ।

सोमबार दिउँसो घरबाट सम्पर्कविहीन भएकी खड्का करिब ७ सय मिटरको दूरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएर खड्कासँग रावलको प्रेमसम्बन्ध रहेको र उनैले दिएको मानसिक तनावका कारण आत्महत्या गर्न बाध्य पारेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

जानकीले सुसाइड नोटमा उल्लेख गरेजस्तै रावलले यसअघि नै विवाह गरेका थिए । सन्तानसमेत भइसकेको अवस्थामा श्रीमतीसँग सम्बन्धविच्छेद गरेका उनी जानकीमाथि विवाह गर्न दबाब बढाइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पालले रावलले यसअघि नै विवाह गरेको कुरा बुझिएको बताउँदै थप अनुसन्धान जारी रहेको बताए ।

प्रहरीले शिक्षक मृत्यु प्रकरणमा अनुसन्धानका लागि रावललाई पक्राउ गरेको छ । रावलमाथि आत्महत्या दुरुत्सानमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।