अत्तरिया – कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । सोमबार साँझ भीमदत्त नगरपालिका – ४ स्थित बजारमा लागू औषध को कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – १५ का २८ वर्षीय अरुण चन्द पक्राउ गरेको छ । उनको साथबाट ५२ मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सोमबार राती भीमदत्त नगरपालिका – १८ जानकी टोलबाट लागू औषध सहित एक किशोरी पक्राउ परेकी छिन । उनको साथबाट ५ मिलिग्राम लागू औषध खैरो हेरोइन र १ ग्राम २४ मिलिग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



















