
अत्तरिया – दार्चुलामा जिपको ठक्करबाट वृद्धको मृत्यु भएको छ । आइतबार महाकाली नगरपालिका – ४ बांगाबगरमा सु.प.प्र ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिपले ठक्कर दिएर घाइते भएका स्थानीय ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो ।
ब्यास गाउँपालिका – ३ सिनाका ३८ वर्षीय कल्याण सिह धामीले चलाएको उक्त जिप ब्याक गर्ने क्रममा ठोक्किएर घाइते भएका लुहारको उपचारका क्रममा आईतबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



















