खाेज्नुहाेस

विचित्र बेला

Image
कस्तो विचित्रको बेला, आयो आज सबैतिर।
हुन थाले सबै काम आफ्नै आँखा अघिल्तिर।१।
add everest academy
attariya hospital
मान्छे विवश छन् सप्पै, तमासा मात्र हेर्दछन्।
देखे पनि नदेखे झैँ, गर्दछन् मौन बस्तछन् ।२।
attariya technical collage
अपराधी प्रवृत्तिको, नै छ फुर्ती जताततै।
न्याय आफै लुकेको छ, देखिँदैन कहीँ कतै।३।
जंगली राज झैँ आज, अवस्था छ समाजमा ।
मन्परी नै चलेको छ, अशान्ति छ जहॅा तहॅा।४।
बुद्धका देशमा क्रान्ति, सुन्दा अप्रिय लाग्दछ।
धर्म संस्कृति नै भष्म, भएमा दुःख लाग्दछ।५।
नव निर्माणको सट्टा, हुंदैछन् ध्वस्त संस्कृति।
भित्रिँदै छन् सधैँ नौला,अपसंस्कृति विकृति।६।
navjiwan hospital
न रह्यो शिष्टता बॅाकी, न कतै अनुशासन।
न छ बन्धुत्वको भाषा, न कतै अभिवादन ।७।
आफ्नै समाजमा आफै, त्रस्त भै बस्नु पर्दछ।
कस्तो विडम्बना होला, जे पनि झेल्नु पर्दछ।८।
जो छन् रक्षक ऊ आफै, शरणार्थी सरी भए।
आफ्नै कारणले आफै, प्रवासी झैँ हुँदै गए।९।
चारैतिर छ सन्त्रास, चारैतिर अनिश्चय।
चारैतिर छ सन्नाटा, चारैतिर छ संशय।१०।
जे भए पनि आशा छ, निस्कन्छ हल हालको।
कालो बादलमा घेरा,हुन्छ नै शुभ्र चॅादीको।११।
डा. टेकराज पन्त
अस्टिन, अमेरिका