अत्तरिया – असोज २३ गते लक्की मल्ल र विकास मल्ल मृतक मृतक शेर बहादुर चौधरीका भाइ रमेश चौधरीलाई पार्टी गर्ने प्रस्ताव राख्छन् । लक्की र विकास लोकल कुखुरा सँगै लिएर छिमेकी कैलालीको गोदावरी नगरपालिका – १० खमौराका रमेशको घरमा पुग्छन् । रमेशको घर भएको क्षेत्रलाई शिविर बस्ती पनि भनिन्छ ।


त्यहाँ उनीहरूले घर नजिकै कुखुरा पकाएर मदिरा सहित पार्टी गर्ने योजना बनाउँछन् । सोही अनुसार पार्टी गरेका उनीहरूले राती ११ बजे सम्म त्यही रमाइलो गर्छन् । मदिराले लट्ठ भएका उनीहरूले त्यसपछि अत्तरियामा रहेको दोहरी साँझमा गएर थप रमाइलो गर्ने योजना बनाउँछन् । सोही अनुसार तीन जना (लक्की, विकास र रमेश) अत्तरियामा रहेको एक दोहरी साँझमा पुगेर रमाइलो गर्छन् । डिएसपी चन्द भन्छन् ‘त्यहाँ रमाइलो गर्ने क्रममा रमेशले थप मदिरा सेवन गरेपछि हल्ला गर्छन् । हल्ला गरेपछि लक्की एक झापड हानेर रमेशलाई डान्स बारबाट बाहिर निकाल्छन् ।’
त्यसपछि रमेशले लक्की र विकासले कुट्यो भन्दै आफ्नो दाइ शेर बहादुरलाई फोन गर्छन् । घरमै रहेका शेरबहादुर छिमेकी नवराज भट्टलाई सँगै ल्याएर अत्तरिया आउँछन् । उनी आउँदा लक्की विकास र रमेश डान्स बार बाहिर भेटिन्छन् । डिएसपी चन्दले भने ‘शेरबहादुर आएपछि तिनै जनालाई किन झगडा गरेको भनेर १÷२ झापड हानेर आफ्नो भाइलाई लगेर घर जान्छन् । आफू सँगै गएका नवराजलाई उनको घरमा छोडेर शेरबहादुर राती २ बजे घर पुग्छन् ।’

शेरबहादुर घर पुगेको ५–७ मिनेटमा लक्की र विकास पनि शेरबहादुरको घरमा पुग्छन् । लाठी सहित पुगेका उनीहरूले ढोकामा लाठी हान्दै फुटाउन्छन । भित्र रहेका शेरबहादुर ज्यान जोगाउन भन्दै पछाडिको ढोकाबाट भाग्छन् । भाग्ने क्रममा शेरबहादुर आफूसँगै अत्तरिया जान साथ दिएका नवराजलाई फोन गरेर लक्की र विकास तिम्रो घरमा पनि आउन सक्ने भन्दै सूचना दिन्छन् ।
प्रहरीका अनुसार त्यसपछि लक्की र विकास नवराजको घरमा पनि पुग्छन् । त्यहाँ पुगेपछि नवराजको घरबाट प्रहरीलाई फोन गरेपछि उनीहरू पक्राउ पर्छन् ।

राती घरबाट भागेका शेरबहादुर भने घर नफर्किएपछि दोस्रो दिन खोजी हुन्छ । खोजी गर्ने क्रममा उनी घर देखि डेढ दुई किलोमिटर टाढा ओलानी र गोदावरी मिल्ने खोला किनारामा मृत भेटिन्छ ।

कारबाहीको माग
मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेका शेर बहादुर चौधरीको मृत फेला परे परेपछि परिवारका आफन्तले मल्ल र विकास दोषी भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । छिमेकी समेत रहेका लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागका थिए ।
मृतकका भाइ रमेश चौधरीले दाइ घरबाट भाग्ने बित्तिकै पिछा गरेर उनीहरूले नै मारेर खोलामा फालेको बताए । उनले दाइको हत्या गर्नेलाई कडा कारबाही हुनु पर्ने माग समेत गरेका छन् । मृतककी भाइ बुहारी सलिना चौधरीले आफ्नो श्रीमानलाई पनि मार्ने धम्की दिएको भन्दै आफूहरू असुरक्षित भएको बताइन् । उनले आफ्नो जेठाजुलाई मार्नेलाई कारबाही सँगै आफ्नो परिवारको ज्यु ज्यानको सुरक्षा हुनुपर्ने बताइन् ।
डिएसपी चन्दले घटनाको अनुसन्धान जारी रहेको बताउँदै पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइएको बताए । उनले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप जानकारी खुल्ने बताए । उनले लक्की र विकास शेरबहादुरको घरबाट फर्किएर मृतक सँगै अत्तरिया आएका नवराजको घरमा पनि पुगेर होहल्ला गर्न थालेपछि प्रहरीलाई खबर भएको र, सोही समयमा दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा राखिएको बताए । नवराजले भने सोही राती लक्की र विकास आफूलाई पनि मार्न आएको हुन सक्ने बताउँदै प्रहरीलाई खबर गरेपछि ज्यान जोगिएको बताएका छन् । उनले घटना पछि गाउँ नै त्रसित भएको बताए ।















