खाेज्नुहाेस

पीलीभीतमा ट्याक्सी दुर्घटना हुँदा अत्तरियाका एक सहित ३ जनाको मृत्यु

Image

अत्तरिया – भारतको पीलीभीत क्षेत्रमा ट्याक्सी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बीसलपुर थाना क्षेत्रको भडरिया मोड नजिकै शनिवार बिहान रोकिएको ट्याक्सीलाई ट्रकले ठक्कर दिँदा ३ नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङ जयपृथ्वी नगरपालिका – ७ छयाल घर भई हाल अत्तरियामा बस्दै आएका गणेश सुनार सहित ३ जना रहेका छन् । अन्यको पहिचान खुलेको छैन ।

navjiwan hospital

कारको पछिल्लो टायर पन्चर भएर सडक किनारामा टायर फेर्ने क्रममा तीव्र गतिमा गुडेको ट्रकको ठक्करबाट उनीहरूको मृत्यु भएको भारतीय प्रहरीलाई उदृत गर्दै जागरण अनलाइनले लेखेको छ । सबै जना कारबाट ओर्लिएर सडक छेउमा उभिएका थिए । केही जना टायर फेर्न चालकलाई सहयोग गरिरहेका थिए । त्यही बेला पछाडिबाट आएको एक अनियन्त्रित ट्रक ती मानिसहरूलाई किच्दै कारमा ठोक्किएको थियो ।

add everest academy
attariya hospital

दुर्घटनापछि ट्रक चालक गाडी सहित फरार भएका छन् । ट्याक्सी दिल्लीबाट धनगढी आउँदै थियो । उक्त ट्याक्सीमा ७ जना सवार रहेका थिए । दुर्घटनामा एक जना महिला घाइते भएको र उनको भारतमै उपचार भइरहेको जनाइएको छ । दुर्घटना गर्ने ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।