खाेज्नुहाेस

फिल्म ‘मन बिनाको धन’को पोस्टर सार्वजनिक

Image

काठमाडौं । संगीतकार समेत रहेका टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’ पहिलो झलक सार्वजनिक भएको छ । पोस्टरमा प्रमुख कलाकार अशोक दर्जीलाई देखाइएको छ । उनलाई स्कुल पोशाकमा देख्न सकिन्छ ।

navjiwan hospital

यो फिल्मको बटमलाइन ‘कथा जिरोदेखि हिरोसम्मको’ राखिएको छ । पृष्ठभूमिमा दर्जीको बाल्यलकालदेखिका विभिन्न फोटो पनि देख्न सकिन्छ । पोस्टरले यो फिल्म दर्जीको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । दर्जीलाई निर्देशक बुढाथोकीले आश्रय दिँदै पठनपाठन र लालनपालनको जिम्मा लिएका थिए ।

add everest academy
attariya hospital

२१ कात्तिकदेखि प्रशर्दन तयारीमा रहेको या फिल्ममा दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतको अभिनय छ । फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । निर्माता विष्णुमाया मैनाली हुन् । कार्यकारी निर्मातामा सपना शर्मा छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता हुन् ।