खाेज्नुहाेस

पराईको घर 

Image
राम्रो बोल्दा नि झर्को लाग्ने मेरो बानी पराईको बचन कसरी सुन्न सकूँ
शान्त परिवारमा हुर्के कि म अशान्तिमा कसरी बस्न सकूँ।
add everest academy
attariya hospital
बाउआमाको त्यति परिश्रम किन बुझ्न सकिन मैले
यही गल्तीको कारण दिन रात रोएर कसरी बस्न सकूँ ।
attariya technical collage
सम्झिन्छु मेरी आमाको त्यो रिसमा पनि लुकेको मायालाई
पराई को घरमा देखावटी माया मा कसरी बस्न सकूँ ।
navjiwan hospital
भन्थे छोरी मान्छे राम्रोको हात परे रानी नराम्रो को हात परे खरानी
हो रहेछ आमा अब म त्यही खरानी बनेर कसरी बस्न सकूँ।
मलाई त यहाँ एक दिन पनि एक वर्ष झैँ लाग्छ आमा
अब यत्तिका बर्सहरू कसरी कटाएर बस्न सकूँ।
लेखक: बबीता ढाँट
विद्यालय: श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा दार्चुला