अत्तरिया– कैलालीको गौरीगंगा नगरपालिका– ३ लाई कुर्चि सहयोग गरिएको छ । कैलालीकै गोदावरी नगरपालिका– ६ मा रहेको कल्प पाठशालाले गौरीगंगा – ३ को वडा कार्यालयलाई १० थान कुर्चि सहयोग गरेको हो ।

यही भदौ २४ गते भएको जेन जीको आन्दोलनका क्रममा पुर्ण रुपमा क्षतिग्रस्त भएको वडा कार्यालयलाई विद्यालयको तर्फबाट सानो सहयोग गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष गणेश जिमि साउँदले बताए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सञ्चालक समितिको निर्णय अनुसार वडा कार्यालयलाई कुर्चि सहयोग गरिएको बताए ।


उनले वडाको कामकारबाहीमा सहजता होस भन्ने हेतुले उक्त कार्य गरिएको बताए । बिहिबार वडाध्यक्ष मनिराज जोशीले उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।