खाेज्नुहाेस

प्रधानमन्त्रीलाई नेपाल आमाको आग्रह

Image
आमा रुँदा आँसु पुच्छदै साथ दिनु छोरी
तिम्रै निम्ति लड्छु भन्दै माथ दिनु छोरी
attariya hospital
नेपालको सदैभरि स्वाभिमान बचाई राख्नु
तिमी माथि अन्याय गरे लात दिनु छोरी
भ्रष्टाचार र देशद्रोहीको अन्त्य तिमीले गर्नै पर्छ
हुन्छ भन्दै यो आमालाई आस दिनु छोरी
navjiwan hospital
निरङ्कुश शासनको अन्त्य गर्ने सहिदलाई
देशको रक्षा  गर्छु भनी बात दिनु छोरी
मरिमेटी ल्याएको यो संविधान बचाउँदा
तिमीलाई डस्न आए कोही घात दिनु छोरी
आमा रुँदा आँसु पुच्छदै साथ दिनु छोरी

मनिषा जोशी, शिक्षक किड्स जोन, गोदावरी नगरपालिका – १ कैलाली