त्यो आन्दोलन जसको नेतृत्व बिनै भएको ज्वारभाटा
अलमलले भरिपूर्ण विषाक्त दिसाहीन मलिन जटा


वसन्तमा पलाउनै नदिने बिचल्लीमा पार्ने हुल्लडवाज
गर्नुपर्ने थियो भनी उक्साउने जमात भाव विह्वल समाज।

मुहार पुस्तिकाबाट छिन छिनका अट्टहासयुक्त उपाय
आफ्नै ठेगान विहीन फलाक्छन् बहिरङ्गी थरी देहाय
लक्ष्य विहीन तर सफल ध्वंसात्मक आँधी बेहरी पारा
निर्दाेषलाई सहादत भिराए दोषीलाई वाह दिने सारा।

न कसैले केही पाए सब थोक गुमायो स्वर्ग सरि देशले
उही उपल्लोको शासन सामान्यले गर्नुपर्ने श्रमिकको भेषले
गर्ने एक रमाउने सुकिला मुकिला गरिवका उही दिन दशा
लक्ष्य विहीन भीडले तोक्नै गार्हाे आफै लड्ने दिग्विजय नशा।
पराइँ षड्यन्त्रले उठ्नै नसक्ने हरेक अन्तरालमै नासिने आमा
मारिने गरिबै हुन् रगत उम्लेर जानेको झनै दुर्गतियुक्त जामा
सबै स्वाहा पार्ने नेतृत्व चहार्ने दिनानुदिन दोहन गर्ने पिपासु
रैती रुवाइ राष्ट्र फेर्छु भनी देखाउने जमातका अनेकौँ जिज्ञासु।
कवि: डा. मान बहादुर जोरा
धनगढी कैलाली।